नेपालका भूतपूर्व युवराज पारसले आठ वर्षअघिको राजदरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्रको भूमिकाका बारेमा सार्वजनिक गरेका नयाँ भनाइले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। राजतन्त्रको उन्मूलन भएपछि सिंगापुरमा बसोबास गरिरहेका पारसले सिंगापुरकै एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा दरबार हत्या प्रकरणका पछाडि दीपेन्द्रसंग सम्बन्धित तीन कारण भएको बताएका छन्। यो भन्दा अगाडि आफ्नी प्रेमिका देवयानी राणासंग विवाह गर्न नदिइएको एक मात्र कारणले दीपेन्द्रले आफ्ना बाबु-आमा राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित परिवारका अरु सदस्यहरुको हत्या गरेको बताइएको थियो। राजा वीरेन्द्र, रानी ऐश्वर्य र स्वयं युवराज दीपेन्द्र सहित १० जना मारिएको दरबार हत्या प्रकरणबारे भूतपूर्व युवराज पारसले बताएका भनि सिंगापुरको द न्यु पेपरमा प्रकाशित अन्तर्वार्ता नेपालका सञ्चार माध्यमले छापेका थिए। तीन कारण अन्तर्वार्तामा पारसले देवयानी राणासंगको प्रेम प्रकरणका अतिरिक्त अरु दुई कारणले दीपेन्द्रले राजारानी सहित आफ्नै परिवारका सदस्यहरुको हत्या गरेको उल्लेख गरेका छन्। नेपाली सेनाका लागि बन्दूक किन्दा आफूले भनेको बन्दूक किन्न तत्कालीन राजा वीरेन्द्र तयार नभएकाले दीपेन्द्र क्रुद्ध भएको पारसले बताएको जनाईएको छ। त्यस्तै दीपेन्द्रले राजा वीरेन्द्रले गद्दी त्याग गर्ने सोंच बनाएको र आफू राजा बन्न नपाउने झोक पनि देखाएको पारसले उल्लेख गरेका छन्। त्यसैगरी उनले हत्याकाण्ड भएको दिन दीपेन्द्र रक्सीले मात्तिएका भन्ने यस अघि सार्वजनिक भएका भनाइहरुको खण्डन गरेका छन्। पारसका अनुसार त्यो दिन दीपेन्द्र रक्सीले मातेका थिएनन्। भूतपूर्व युवराज पारसको यो भनाइ दरबार हत्याकाण्डको फेरि छानबीन गरिने भनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएको केही सातापछि आएको छ। |
Wednesday, April 1, 2009
हतियार पनि हत्याकाण्डको कारक : पारस शाह
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment