स्थानीय प्रशासनले बुटबल क्षेत्रमा बिहिबारदेखि लगाउँदै आएको कर्फ्यु सोमबार बिहान ५ बजे देखि अवस्था हेरिकन हाललाई हटाएको जानकारी स्थानीय प्रशासनले दिएको छ ।
एमालेका जिल्ला सदस्य एबं युथफोर्स रुपन्देहीका सदस्य प्रचन्डमान थैबको हत्यापछि उत्पन्न बिबादको कारण माओबादी र एमाले बिच सहमति हुन नसक्दा एकआपसमा कार्यकर्ता भेट भए भिडन्त हुने संभाबना अझै रहेको छ ।
एमाले रुपन्देहीले सोमबार पनि रुपन्देही बन्दको आहृवान गरेको छ । बन्दका कारण कलकारखाना उद्योग ब्यापार बन्द रहेका छन । बिद्यार्थीहरुको एसएलसी परीक्षा बाहेका अन्य सबै क्षेत्र प्रभाबित रहेका छन् । लगातारको बन्दका कारण खाद्यान्न तरकारी लगायत का उपभोग्यका समानहरु पनि बजारमा अभाब हुन थालेको छ । जसकाकारण बुटबलको जनजीबन थप कस्टकर बन्दै गैरहेको छ ।
एमाले नेता खिमलाल भटराइले आन्दोलनलाई थप व्यबस्थित बनाई आमहडतालको रुपमा लैजाने बताएका छन् । आन्दोलने सबैलाई असर पारेको बताउदै नेता भटृर्राईले हत्यार्राई काबाही नहुँदासम्म सबैलाई सहयोग गर्न आग्रह गरे ।
उता एकीकृत माओबादीले पनि हत्याको बिषयमा छानबिन गर्न ३ सदस्यीय टोली बनाएको छ जस्मा हकिउल्लाह खाँ बसन्त श्रेष्ठ र मिलनलाई बुटबल हत्याकान्डको छानबिन गरी एकहप्तामा प्रतिबेदन बुझाउन लगाइएको एकीकृत माओबादी अबध मधेस राज्य समिति इन्चार्ज देबेन्द्र पौडेलले नेपाली पोष्टलाई जानकारी गराएका छन् ।
No comments:
Post a Comment